आइतबार १७ साउन २०७८

कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका गुल्मि जिल्ला हुलाकिमा बस्ने यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

आँखा समेत राम्रो नदेख्ने यी बृद्ध बुवा कहिलेकाही बिरामि पर्दा खाना पकाउन नसक्दा भोकै पनि सुत्ने गर्छन् ।दुख बिमार हुदा भगवानले हेर्दाहुन भन्दै उनी इश्वरको भरोसामै आफ्नो जीवन बेथित गरिरहेका छन् ।दुई छोराका पिता यी बृद्ध बुवालाई घरमा बस्ने बुहारिले नराम्रो व्यवहार गरेपछि मन दुखेसगै यिनी एक्लै बस्दै आएका हुन् ।

छोराछोरी बाहिर बाहिरै भए घरमा भएका बुहारिहरुले आफुलाई देखिनसहेपछि आफू यसरी एक्लै बस्न बिबस भएको उनी बताउँछन् ।उनी बस्दै आएको झुपडि पनि भत्किनै लागेको छ ।दुइचारवटा भाडाहरु छन् तर सबै रित्तै ,आउने बाटो नै केही नभएपछि हदसम्मको दुखसहित यी बृद्ध बुवा आफ्नो जीवन जसोतसो क टाइ रहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री

***

भारतमा ३ महिना यताकै कम संक्रमित थपिए, मृत्युदर पनि घट्यो

एजेन्सी । भारतमा थप ३९ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ९६ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १५ औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९९ लाख ७३ हजार ४५७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ७० हजार ९९८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ८४६ संक्रमितको ज्यान गएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार २६८ पुगेको छ ।

 

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया