Thursday, December 3

पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ : अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल

August 1, 2020 124

काठमाडौँ, १७ साउन । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको बताउनुभएको छ । सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवाद पद प्राप्तिका लागि नभएको भन्दै उहाँले बाहिर गलत प्रचार गरिएको गुनासो गर्नुभएको हो ।

ललितपुरको च्यासलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाएर बाहिर नकारात्मक प्रभाव परेको स्पष्ट पार्नुभयो । पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भनेर प्रचार गरिएको छ, तर सो विवाद छिनाझपटी होइन । यो त पार्टीलाई अगाडि बढाउने रु पार्टीको विधि, पद्दतिको विषयमा गरिएको बहस हो, उहाँले भन्नुभयो ।

उहाँले पद होइन राष्ट्रको सेवा मुख्य विषय भएको भन्दै पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्ने आफ्नो विचार रहेको समेत स्पष्ट पार्नुभयो ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको भन्दै एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा रहेको पनि बताउनुभयो । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुदा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उहाँको भनाइ थियो । साथै उहाँले पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ, हुन आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस्