सोमबार ०६ बैशाख २०७८

काठमाडौं ।महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत हवल्दार तारा कुमारी श्रेष्ठ ११ लाख घुससहित पक्राउ परेकी छिन् । भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी उनले घुस लिएकी थिइन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठले सो रकम चाबहिलको ओल्ड टाउन क्याफे एण्ड पबका सञ्चालक अनिस जोशीलाई राख्न दिएकी थिइन् । दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । यसमा अन्य प्रहरीमाथि समेत आयोगले छानबिन थालेको छ

everestonline24

९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया