शनिबार १६ साउन २०७८

काठमाडौं । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ भन्ने सुन्दा तपाइलाई कस्तो लाग्छ रु सुन्दा होइन जस्तो लागेपनि यो वास्तविकता हो । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ ।

सील्याण्डको जनसंख्या मात्र २७ छ । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्दछ ।

यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको मृ’त्यु पश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । यद्यपि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।

आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि यस देशको आफ्नै मु्द्रा र स्ट्याम्प टिकट छ । खासमा यस देशमा थुप्रै विदेशी आर्थिक सहयोग आउने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो । एजेन्सीको सहयोगमा

यो पनी पढ्नुहोस्ः कसरी बन्यो सुन ? यस्तो छ रोचक तथ्य
काठमाडौं — सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ?

वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।

यो भयंकर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो । टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् ।

यो अनुसन्धानमा पृथिवीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो । इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथिवीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’

यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ ।

euonlinekhabar

२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया