सोमबार ०६ बैशाख २०७८

काठमाण्डु

प्रचण्ड–नेपाल समूहका अध्यक्ष  माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाबारे पार्टीमा छलफल गर्ने बताएका छन् ।

आइतबार संसद बैठक बहिस्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपा एमाले

आफूहरुले बनाएकाले पार्टीमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले आफूले बनाएको एमाले नछोड्ने अडान लिएका छन् । उनले केपी ओलीलाई अध्यक्ष नदिने पनि बताए ।

‘नेकपा एमालेबनाउँने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न ।

एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं,’ अध्यक्ष नेपालले भने ।

नेता नेपालले सरकारको आयु सकिएको बताएका छन् । उनले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकारको टिक्ने आधार नरहेको बताए ।

‘संविधानको धारा ७६ (१) अनुसार सरकार नै रहेन । अब प्रधानमन्त्रीले बस्ने कुनै पनि आधार छैन्’, उनले भने ।

paluwakhabar

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया