Monday, October 19

हनुमन्ते र मनोहरा खोलामा आएको बा’ढीले किनारका बस्ती डु’बानमा

July 21, 2020 102

भक्तपुर, वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र सयौं रोपनी खेती डु’बानमा परेको छ। वर्षा नरोकिएकाले बाढीले थप क्ष’ति गर्ने जो’खिम बढेको छ। काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोलामा आएको बाढीले जडिबुटी र लोकन्थली क्षेत्रमा पर्ने मनोहरा बस्ती डु’बानमा परेको छ। मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा फाँटका सयौं रोपनी खेत डु’वानमा परेको छ । ती खेतमा लगाएका बालीनालीमा क्ष’ति पुगेको छ। हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर नगरपालिकाको वडा नं. १, ३ र ४ का बस्ती क्षेत्र डु’वानमा परेको छ।

भक्तपुर नगरको हनुमानघाट, राममन्दिर, मंगलतीर्थ, बाराहीस्थान क्षेत्र, शान्ति निकेतन माध्यामिक विद्यालय, ज्ञानतारा स्कुललगायत दर्जनौं घरहरु डु’बानमा परेको छ। आदर्शस्थित सिद्धि स्मृत बाल अस्पतालमा समेत बा’ढी प’सेको छ। सल्लाघारीस्थित डा. इवामुरा अस्पताल, नपलीक्षेत्रमा समेत बाढीले क्ष’ति गरेको छ। त्यस क्षेत्रमा पनि सयौं रोपनी खेती न’ष्ट गरेको छ। हनुमन्तेको बाढी बस्तीमा प’स्दा बराही क्षेत्रका स्कुल र बस्ती डु’बानमा परेको भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए। बाढीले मा’नवीय क्ष’ति नगरे पनि भौतिक सामग्री क्ष’ती गरेको उनले बताए।

हनुमन्तेको बाढीले मध्यपुर थिमि–३ का गट्ठाघर, कौशटार, सूर्यविनायक नगरपालिकाको बालकोट क्षेत्रका खोला तटीय क्षेत्रहरु डु’वानमा परेको छ। हनुमन्तेसँगै ललितपुर भक्तपुरको सिमाना भएर ब’ग्ने गोदावरी खोलामा आएको बाढीले मध्यपुर थिमि–१ र ३ मा क्षति गरेको छ। दुई खोलाको संगमस्थलका तटीय क्षेत्रका तरकारी बाली डु’वानमा परेको छ। अविरल परेको वर्षाले दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डु’बानमा परेको छ। कटुञ्जेको गणेधारा टोलका घरहरु डु’वानमा परेको छ भने घट्टेखोलाको पानी बस्तीमा प’सेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला ज’लमग्न भएको छ।

प्रतिकृया दिनुहोस्