शुक्रबार २२ साउन २०७८

काठमाडौं । ज्योतिष शास्त्र अनुसार ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ । ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ । यहाँ हामीले सोमबार जन्मिएका वा जन्मिने मानिसका विशेषताका बारेमा उल्लेख गरेका छौँ;

सोमबार जन्मेका व्यक्तिहरुको पहिलो गुण भनेको स्मरण शक्तिमा तेज हो । यिनीहरुको स्मरणशक्ति बलियो हुन्छ । यिनीहरु मृदुभाषी हुन्छन् । तर धेरै ‘रिजर्भ’ स्वभावका हुन्छन् । यिनीहरु निकै संवेदनशील र चाँडै नर्भस हुने, चित्त दुखाउने हुन्छन् । यिनीहरु आफूसँग जोडिएका सम्बन्धमा निकै महत्व राख्छन् ।

सोमबार जन्म लिने व्यक्ति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन् । यिनीहरु पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै प्रगति गर्ने खालका हुन्छन् । सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन् ।

सोमबार जन्म लिने व्यक्ति सौन्दर्यमा निकै ध्यान दिने प्रवत्तिको हुन्छन् । र तपाईंको सुन्दरताले धेरै जसोलाई आकर्षित पनि गरेको हुन्छ । सोमबार जन्म लिने व्यक्ति सबैलाई सम्मान गर्ने तर केहि हदसम्म रिसाउने, कुरा नबुझ्ने स्वभावका हुन्छन् । यिनीहरु ‘टार्गेट सेट’ गरेपछि पूरा गर्न लालायित हुन्छन् ।

news18nepal

२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया