Monday, October 26

लद्दाखस्थित पांगोङ तालमाचिनियाँ सैनिकले संख्या बढाउँदै भारतमा रुवाबासी

August 1, 2020 102

लद्दाखस्थित पांगोङ तालमा डिसइंगेजमेन्टपछि पनि चीनले सैन्य संख्या बढाएको भारतको आरोप छ । जुलाई १४ मा भएको कुराकानीपछि चीनले अतिरिक्त डुंगा र सैन्य टुकडी पांगोङमा तैनाथ गरेको हो ।ताजा भूउपग्रहीय तस्वीरहरू हेर्दा पांगोङ तालमा स्थिति सामान्य बनेको कुनै लक्षण देखापरेको छैन । चिनियाँ सेनाले लगातार तैनाथीलाई फिंगर ५ र ६ मा बढाएको छ । बुधवार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले धरातलमा स्थिति सामान्य रहेको र डिएस्केलेसन भइरहेको बताएका थिए । तर जुलाई २९ मा स्पेस फर्म म्याक्सार टेक्नोलोजीजले खिचेको तस्वीरले चीनको दाबी विपरीतको तथ्य प्रस्तुत गरेको छ ।

भूउपग्रहीय तस्वीर अनुसार, चिनियाँ जनमुक्ति सेना फिंगर ४ बाट आंशिक रूपमा फर्के पनि एकरत्ति पछि हटेको छैन । फिंगर ५ र ६ मा चिनियाँ सेनाले अतिरिक्त निर्माण गरेको पनि स्पष्ट रूपमा देखिएको छ । फिंगर ६ मा पहिल्यै बनाएका कोठाहरू, नयाँ टेन्ट र भण्डारहरू छन् । फिंगर ५ मा चिनियाँ सेनाले थप टेन्ट गाडेको छ । भारतले यसमा चिन्ता व्यक्त गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले डिसइंगेजमेन्ट प्रक्रिया पूरा नभएको बताए । चिनियाँ पक्षले पूर्ण रूपमा डिसइंगेजमेन्ट र डिएस्केलेसन गर्ने अपेक्षा आफूहरूले गरेको उनको भनाइ छ । लोकान्तर

प्रतिकृया दिनुहोस्