बुधबार २० साउन २०७८

अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया