Monday, November 30

३ करोड लगानी गरेर यस्तो चलचित्र बनाउँदै दीपक र दीपाश्री

July 31, 2020 409

काठमाडौं १५ साउन / नेपाली चलचित्रमा लगातार सफल चलचित्र बनाएर रेकर्ड कायम गरेका छक्का पञ्जा टिमले नयाँ चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए ।

चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छायांकन समेत हुन सकेन । अब भने चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ ।

यस चलचित्रको छायांकनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले बताएका छन् । यस चलचित्र निर्माणको लागि तीन करोड खर्च हुने अनुमान लगाइएको दीपकराजले बताए । स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्