बुधबार ०८ बैशाख २०७८

नेकपा एमाले पार्टी दर्ता गरेकी सन्ध्या तिवारीबारे अहिले सबैतिर चासो छ । दल दर्ता हुने वित्तिकै केपी ओलीले तिवारीलाई नचिनेको बताएका थिए । तर यथार्थ त्यस्तो होइन, तिवारी र ओली धेरै निकट रहेका छन् ।

झापाका पुराना कम्युनिष्ट नेता हरिप्रसाद भेटवाल केपी ओली भन्दा कम्युनिष्ट आन्दोलनमा अग्रज हुन् । उनकी बुहारी सन्ध्या तिवारी नै नेकपा एमाले दर्ता गर्ने नेतृ हुन् । माइत विराटनगर भएपनि उनको बसोबास काठमाडौंमा मै छ ।

प्रधानमन्त्री ओली र हरिप्रसाद भेटवालको धेरै निकट स म्ब न्ध थियो । भेटवाललाई ओली सम्मानपूर्वक ब्यवहार गर्थे । सन्ध्याले हरिका छोरा मनोजसँग विवाह गरेकी हुन् । सामान्य परिवारमा जन्मेकी सन्ध्याको राजनीतिमा खासै लगानी र अनुभव छैन ।

ससुरा हरि भेटवाल तत्कालीन शिवगञ्ज गाविसको २५ वर्ष अध्यक्ष भएका व्यक्ति हुन् । त्यसो त सन्ध्याको नाम भने झापाका कम्युनिष्ट कार्यकर्ताहरुका लागि समेत नयाँ हो ।

उनी झापामा परिचित नहुनुको कारण त्यहाँ उनको कुनै राजनैतिक सक्रियता थिएन । हाल उनी भक्तपुर लोकन्थली बस्ने हुनाले झापासँग उनको निकटता हुनै पाएन ।

उनी निर्वाचन आयोगमा गएपछि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा तरंग पैदा गरिदिएको थियो ।

जिल्लास्थित नेकपाका नेताहरूबीच ‘को हुन् सन्ध्या तिवारी’ भन्दै सोधी खोजी शुरु भएको थियो । तर धेरैले उनका बारेमा अधिक जानकारी प्राप्त गर्न सकेका थिएनन् ।

९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया