सोमबार ०६ बैशाख २०७८

काठमाडौं, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले नेकपा बदर गर्ने सर्वाेच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले देशभर खुसियाली मनाइरहेको टिप्पणी गरेकी छन्।

यसबाट केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको पुष्टि भएको दाबी पनि उनले गरेकी छन्। ‘केपी ओलीको चाहना पूरा भएको छ। आज पार्टी विभाजन भएको खुसियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,’ दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ।’ चे ता वनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ !’

यो पनि , श्रमिक महिला दिवसमा नेकपाको तर्फबाट प्रचण्डले दिए शुभकामना पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका हैसियतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् ।नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा शुभकामना दिएका हुन् । सर्वोच्च अदालतले निर्णय गरेपछि अब नेकपा रहेन माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै पार्टी भनिएका बेला प्रचण्डबाट नेकपाकै नामबाट शुभकामना आएको हो ।

उनले शुभकामना पत्रमा भनेको छन्, ‘आज विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभइ मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । आज महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।’

मानव जातिको पूर्ण मुक्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र नहुने र समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त रहेको उनले उल्लेख गरेका छन् । जनयुद्ध, जनआन्दोलनलगायत विभिन्न राजनीतिक तथा समाजिक क्रान्तिहरूमा महिलाहरुको साहस र त्यागले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि उनले उल्लेख गरेका छन् । पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएको आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको उनले बताएका छन् ।

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया