Tuesday, October 27

सुरक्षाकर्मीमा धमाधम देखिन थाल्यो कोरोना संक्रमण !

July 31, 2020 126

पूर्वी नाका काँकरभिट्टाका १२ जना सशस्त्र प्रहरीमा शुक्रबार कोरोना संक्रमण देखिएको छ । साउन ११ गते काँकरभिट्टाको होल्डिङ सेन्टरमा ३२ जना प्रहरीको स्वाब संकलन गरिएकोमा १२ जनामा संक्रमण देखिएको हो ।जसमध्ये २० जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका संयोजक जीवन चम्लागाईले जानकारी दिए । साउन ११ गते काँकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा स्वाबमा सबैको नतिजा नेगेटिभ आएको छ ।

८५ जना समुदायस्तरका मानिसमा गरिएको नमूना संकलनमा सबैको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको हो ।समुदायस्तरमा औषधि,फलफूल व्यवसाय, होटलका कामदार ,पत्रकारलगायतको स्वाब संकलन गरिएको थियो । तीमध्ये सबैको रिर्पोट नेगेटिभ आउँदा समुदायमा सरिसकेको छैनकी भन्ने आंकलन गर्न सकिने संयोजक चम्लागाईले बताए । यसअघि पनि २० जना सिमानाकामा सुरक्षामा रहेका सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।अन्नपुर्ण पोस्ट

 

प्रतिकृया दिनुहोस्