काठमाडौं, १४ साउन । चेपाङ समुदायको गोठ मात्र जलाएको बताएका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बोली फेरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा किसानले बनाएको गोठ र मचान जलाइएको बताएका बस्नेतले बुधबार मानविय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानविय त्रुटिका कारण चेपाङ वस्तीमा घर जलेको बताएका हुन ।
मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै उनले चेपाङ वस्तिमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको बताए ।
भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारिले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानविय भएको समेत मन्त्री बस्नेतले बताए ।
उनले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराए ।
समितिले घटनालाई संवेदनशिल भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषिमाथि हदै सम्मको सजाय दिई पिडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिइन ।
koshi online
प्रतिकृया दिनुहोस्