Wednesday, November 25

प्रेसर लो हुनुका कारण र यसका समाधान के के हुन ? पुरा पढ्नुहोस

July 31, 2020 357

विराटनगर, २० जेठ । उच्च रक्तचापको बारेमा धेरै कुरा गरिएको हुनाले मानिसहरू यसको लक्षण तथा यसले गर्ने प्रभावहरूबारे सजग छन्, तर धेरैलाई कम रक्तचापको बारेमा थाहा भएको देखिँदैन ।

वास्तवमा यसले विश्वव्यापी रूपमा ठूलो संख्यामा मानिसहरूलाई असर गरिरहेको छ ।

धेरैजसो मानिसहरू कम रक्तचाप भएको महशुस गर्दैनन् र प्रायः यसलाई रिंगटा लाग्ने वा बिरामी महशुस हुने लक्षणका रूपमा वास्ता गरिँदैन ।

यो मुटु, इन्डोक्राइन गर्न्थी वा न्यूरोलोजिकल डिसअर्डर जस्ता गम्भीर समस्याको संकेत हुन सक्छ । कम रक्तचापले मस्तिष्कमा अक्सिजन र महत्त्वपूर्ण पोषकहरूको प्रवाहलाई रोक्न सक्ने हुँदा यसलाई हल्का रूपमा लिनु हुँदैन ।

कम रक्तचापका धेरै कारणहरू हुन सक्छन् ।

शरीरमा पानीको कमिले निम्त्याएको डिहाइड्रेसन हुन्छ, र कम रक्तचापको कारण बन्न सक्छ । स्वास्थ्य रहनका लागि गुमाउनुभन्दा बढी तरल पदार्थ पिउनु आवश्यक हुन्छ ।

शरीरमा पर्यप्त मात्रामा पानी पुगेको खण्डमा कमजोरीलाई रोक्न मद्दत गर्छ ।

गर्भावस्थामा गर्भवती महिलाको प्रेसर कम हुने सम्भावना रहन्छ ।

यो सामान्य हो तर, धेरै पटक प्रेसर कम भएमा जाँच गराउनु पर्छ ।

केही मुटुका समस्याहरूले पनि शरीरमा रगत राम्ररी प्रसारित गर्न नदिने हुँदा प्रेसर लो हुन सक्छ ।

केही आवश्यक भिटामिनहरूको अभावले बी-१२, आइरन तथा पौष्टिक तत्त्वहरूको कमीले एनीमिया निम्त्याउन सक्छ, जसकारण कम रक्तचापको निम्तिन सक्छ।

सामान्यतया मानिसहरूलाई खानामा नुनको प्रयोग गर्नबाट जोगिन भनिन्छ ।

तर, कम रक्तचापबाट पीडित व्यक्तिहरूलाई नुनले मद्दत गर्छ ।

एकै पटक धेरै नुनिलो खानु पहिला डाक्टरसँग जाँच गराउनु पर्छ ।

पानी शरीरमा हुने विभिन्न प्रक्रियाको लागि आवश्यक हुन्छ ।

यसले डिहाईड्रेशन रोक्न पनि मद्दत गर्दछ ।

लगातार रिंगटा लाग्ने महशुस भएमा पानीको मात्रा बढाउनु पर्छ ।

दैनिक एक सानो व्यायाम समावेश गर्नुपर्छ । व्यायामले शरीरमा रगत सर्कुलेट गर्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्