बुधबार २० साउन २०७८

नेकपा महासचिव नेत्रबिक्रम चन्द “विप्लव” र नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका रेखा थापाबीच भेटघाट भएको छ ।सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछी रेखाले सरकारी कदमको विरोध गर्दै विप्लवको पक्षमा अभिव्यक्ती दिदै आएकी थिइन । उनले पटक पटक आफु विप्लवको समर्थनमा रहने बताउँदै आएको थिइन् ।

केही समय अगाडी एपीवान टेलिभिजनको ‘रजतपट’ कार्यक्रमको धर्मसंकटमा उनलाई देशको प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवमध्ये एउटा छान्न लगाइएको थियो । उनले धेरै बेर सोचेर विप्लव जस्तो युवा नेतृत्व राजनीतिमा आउनु पर्छ भनेर खुलेर प्रशंशा गरेकी थिइन् ।

नायिका रेखा विप्लवलाई भेट्न लाजिम्पाट स्थित विप्लव बसेको घरमै पुगेकी थिइन् । सरकारले प्रतिबन्ध लगाएपछि २ वर्ष भूमिगत बनेका विप्लव शुक्रबार सार्वजनिक भएका हुन्। सार्वजनिक भएपछि विप्लवले आफूहरु युवाहरुको चाहनाअनुसार नयाँ ढंगले अगाडी बढ्न खोजेको भन्दै पहिलो सम्बोधन गरेका थिए।

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया