Wednesday, October 21

दुर्गेशले नजानेको कुरामा नबोल्नु पर्ने थियो :रामकृष्ण ढकाल

July 31, 2020 168

पछिल्लो समय नेपाली रंगिन दुनियामा कलाकार तथा निर्माताहरु एकपछी अर्को गर्दै विवादको भुमरिमा परिरहेका छन । यस्तैमा गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको विवादको वारेमा प्रतिकृया दिएका छन् । एक अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोहि हुनै नसक्ने पनि भनेका छन् ।

यस्तै एक टेलिभिजन अन्तरबार्तामा केही दिन पहिला दुर्गेश थापाले भक्त राज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर गाएका कारण खुबै विवाद र आलोचनाको सिकार भए । जसको बारेमा पनि ढकालले आफ्नो प्रतिक्रिया राखेका छन । रामकृष्णले यस्मा दुर्गेशले नजानेको कुरामा नबोल्नु पर्ने थियो भनेका छन् । यस्तै अन्तरबार्ता लिने ऋषि धमालाको पनि गल्ती भएको भनेका छन् ।

दुर्गेश थापालाई लक्षित गर्दै आस्था राउतले लेखिन् यस्तो स्ट्याटस

पछिल्लो समय गीत संगितको नाममा भित्रिरहेको विकृति विसंगतिप्रति गायिका आस्था राउतले असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । स्पष्ट रुपमा नाम नखुलाए पनि उनको निशाना पछिल्लो समय ‘बिच्च बिच्च’ मा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप्रति रहेको देखिन्छ ।

केहि दिन अघिदेखि गायक तथा मोडल दुर्गेश थापा एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका छन् । उक्त कार्यक्रममा गायक थापाले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए भने रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई उनले यम बरालको भनेर गाएका थिए । दुर्गेशको यहि विवादित अन्तरवार्तापछि नै आस्थाले उक्त स्टाटस राखेकी हुन् । जहाँ लेखिएको छ –

नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, अटो ट्युनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ? युटुबबाट डलर त आउला.. तर म्युजिकल ज्ञान कहाँबाट छाउला !! हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ.. के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?? हैट, अब के चाहिँ गर्नु !! केहि बोल्नु कि नबोल्नु ??

प्रतिकृया दिनुहोस्