Monday, October 19

गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक सबै जिल्लाका पास रद्ध, काठमाडौं छिर्न समेत रोक ! (विज्ञप्तीसहित हेर्नुस् विस्तृतमा)

July 30, 2020 129

काठमाडौं उपत्यकामा लकडाउन खोलेपछि भिडभाड निकै बढेको छ र उपत्यका छिर्नेहरु अनेक पावर पहुँच लगाईरहेका छन् । उपत्यकाभित्र मानिस लु्किछिपी समेत छिरिरहेका छन् । गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक  लगाएको छ ।

उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । ‘साँझ ७ बजेदेखी बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण रुपमा बन्द गर्न गरिएको छ’ सह–प्रवक्ता अधिकारीले भने–‘दिउँसो चाहिँ पास लिएका यात्रु आउन जान पाउँछन् ।’

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले  ‘विशेष निर्देशन’ दिएको छ ।

हेर्नुस् गृहको विज्ञप्तीःः

 

सरकारले लकडाउन हटाएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा भित्रनेको संख्या दिनानुदिन बढिरहेको छ । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले  उपत्यकामा बिहीबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गौतमका अनुसार काठमाडौंका ४१ तथा भक्तपुर र ललितपुरका दुई÷दुई जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

६ हजार ३ सय ४ जनामा गरिएको पीसीआर परीक्षणमा २ सय ७४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबार २ सय २७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बताए ।

्उनले हालसम्म १४ हजार २ सय ४८ जना स्वास्थ्य लाभ गरेर घर गएको उल्लेख गरे । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ छ ।

पछिल्लो समय कोरोना महामारीविरुद्धको औषधी पत्ता लगाउन विश्वरभरका देशहरु लागिपरेका छन् ।

यसैबीच, उत्तरको छिमकेी देश चीनले कोरोनाविरुद्धको खोपको सफल परीक्षण भएको भन्दै धमाधम तयार भइरहेको बताएको छ । नेपाललाई समेत उसले खुसीको खबर पठाएको छ ।

चीनले कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा पहिला नेपाल लगायत छिमेकीलाई सहयोग गर्ने बताएको हो ।

छिमेकी देशहरुलाई सहयोग गर्ने चीनले बताएको छ । चिनियाँ बिदेशमन्त्री वाङ यीले कोरोनासँग जुध्न नेपालसँग पनि निकट सहकार्य भइरहेको बताएका छन् ।

चीनले कोरोना नियन्त्रण गर्न सफल भएको अनुभव छिमेकी देशहरुलाई बाड्न समेत चाहेको बताए ।

कोरोनाविरुद्धको लडाइँमा छिमिकीहरुलाई सहयोग गर्ने बचन दिएका वाङ यीले खोप बन्ने बित्तिकै नेपालसहित छिमेकी देशहरुमा आफै पुर्याइदिने बताए ।

चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै विदेशमन्त्री वाङ यीले नेपाल लगायत पाकिस्तान र अफगानिस्तानलाई पनि पहिलो चरणमै कोरोनाको खोप पुर्याउने बताएका थिए ।

पछिल्लो पटक चीनमा कोरोनाका संक्रमित नभेटिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । केही दिनअघि राजधानी बेइजिङमै कोरोनाका बिरामी भेटिएका थिए ।

चीनले कोरोना संक्रमणलाई ८४ हजारमै नियन्त्रण गरेको थियो । जसमध्ये ७८ हजार ९४४ निको भएर घर फर्किएका थिए भने ४ हजार ६३४ ले ज्यान गुमाएका थिए ।

अहिले चीनमा ४ सय ८२ जनाले उपचार गरिरहेका छन् ।

यसैबीच विश्वभर १ करोड ६८ लाख ८२ हजार चार सय ११ जानमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । संक्रमितमध्ये विश्वभरमा हालसम्म ६ लाख ६२ हजार ४१९ ज्यान गुमाएका छन् ।

त्यसैगरी संक्रमितमध्ये करिब करिब १ करोड,४ लाख व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरजिम्मेवारीपनकै कारण कोरोना बढेको बताइएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको  छ । तेस्रो स्थानमा छिमेकी भारत रहेको छ ।

यता भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा सोमबार भने कम संक्रमित भेटिएका थिए । तर बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

बुधबार ५२ हजार २६३ जना संक्रमित भएका छन् । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १५ लाख ८४ हजार ३८४ जना पुगेका छन् । मृतक ३५ हजार ३ पुगेका छन् । बुधबार ७७५ जनाको ज्यान गएको छ । मंगलबार ७७० जनाको ज्यान गएको थियो । सोमबार ६३६ तथा आइतबार ७०४ जनाको ज्यान गएको थियो ।

हाल ५ लाख २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार ३२ हजार ८२९ जनालाई निको भएको छ । मंगलबार ३५ हजार ६७१ जनालाई निको भएको थियो ।

यो अहिलेसम्मकै बढी हो । सोमबार ३४ हजार ४४४ जनालाई निको भएको थियो । आइतबार ३१ हजार ५०२ लाई निको भएको थियो । हालसम्म १० लाख २१ हजार ६११ जनालाई निको भइसकेको छ ।

प्रतिकृया दिनुहोस्