Sunday, November 29

यस्तो छ २४ घण्टे सूचना, देशैभर बाढीको ठूलो खतरा

July 21, 2020 180

लगातार वर्षाका कारण देशैभर बाढीपहिरो तथा डुबानको खतरा बढिरहेको छ। कतिपय स्थानमा जनधनको क्षतिसमेत भइरहेको छ।

यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले हरेक दिन, हरेक पल कुन कुन नदी, खोलामा बाढी आउँछ र कहाँ कहाँका बासिन्दाले सतर्क रहनुपर्छ भन्ने जानकारी दिइरहेको छ।

यसै क्रममा महाशाखाले मंगलबार बिहान साढे ८ बजेतिर २४ घण्टाको बाढी पूर्वानुमान सूचना जारी गरेको छ।

महाशाखाका अनुसार आज नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र नवलपरासीको सुस्तामा डुबानको जोखिम छ। यस्तै कोसी नदीको सतह पनि खतरा नजिक हुने सम्भावना छ भने कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि सतर्कता चिह्नआसपास पुग्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन जरुरी छ।

Source Nepalkhabar

प्रतिकृया दिनुहोस्