Monday, November 23

कोरोना भाईरसको जोखिम बढ्दै गएपछि पुनः लकडाउन गर्ने तयारी

July 30, 2020 440

नेपालगञ्ज । कोरोना भाईरसको जोखिम बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आइतवारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खोलेसँगै जिल्लामा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि आइतवारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए । समुदाय स्तरमा कोरोना बढेपछि नेपालगन्जमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्रि नभएकामा कोरोना देखिएपछि नेपालगन्जलाई पुनः लकडाउन गर्ने तयारी थालिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्वीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउँदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि पुन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोकको मिठाई पसल र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा गरी एकैदिन २७ जनामा कोरोना देखापरेपछि स्थानीय प्रशासन झस्किएको छ।

भारतबाट फर्किएका र क्वारेन्टिनमा बसेका व्यक्तिलाई मात्रै कोरोना देखिने गरेकोमा पछिल्लो दिनमा नेपालगञ्जमा घरमा बसेका, पसलमा काम गर्ने, सरकारी कार्यालयका कर्मचारी, एनजिओकर्मीमा कोरोना देखापरेको छ।

नेपालका यी ठाउँमा समुदाय स्तरमै कारोना फैलिएको आशंका

लकडाउन अन्त्य गरिएसंगै वीरगन्ज र विराटनगर लगायतका ठाउँमा समुदाय स्तरमै कारोना फैलिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । अहिले धरान उपमहानगरपालिकामा पनि समुदाय स्तरमै कोरोना फैलिएको भन्दै स्थानियमा त्रा स बढेको छ । धरानको तिनकुने स्थित औद्योगिक क्षेत्रमा संचालित प्रिति भल्वमा कोरोना फैलिएको हुन सक्ने भन्दै स्थानियले जाँच गर्नुपर्ने माग राखेका छन् । त्यहाँ जनकपुरबाट आएका एक संक्रमित व्यक्तिबाट कोरोना सरेको हुनसक्ने आँकलन गरिएको छ ।

अशोक अग्रवालले संचालन गरेको पृति भल्वको उद्योगमा काम गर्ने धरान १३ का २८ वर्षीय एक पुरुषमा कोराना पुष्टि भएपछि अन्यमा पनि कोरोना भएको हुनसक्ने आशंकामा परिक्षणको माग गरिउको हो । संक्रमितकोविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

प्रति भल्वमै कार्यरत जनकपुर घर भएका व्यक्ति उद्योगमा आएपश्चात कोराना फैलिएको हुनसक्ने स्थानिय निकायले पनि अनुमान गरेको छ । सक्रमित व्यक्तिको कन्ट्रयाक ट्रसिङका आधारमा १३ जनाको परिक्षण गर्ने तयारी गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अन्यको पनि कोरोना परिक्षण गर्नुपर्ने माग आएको बबताएका छन्।

बुधबार कोरोनाको पुष्टि भएका व्यक्ति प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रत्यक्ष सम्पर्कमा रहेको बुझिएको छ। सभामुख अन्य केही नेतालाई लिएर बाढी पीडितको अवस्था बुझ्न हिडेका थिए । जसवाट कोरोनाको खतरा थप बढेको स्थानियले बताएका छन् । सभामुख र उनी सहित नेकपाका नेताहरुको टोलीले धरान ४ को बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । सभामुखसंग गएका नेकपाका नेताहरु कोरोनाको जोखिम बढेको भन्दै होम क्वारेन्टिनमा समेत बसिसकेका छन् ।

पछिल्लो अवस्थाले धरानमा पनि कोरोनाको खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले तयारीका लागि बैठक बस्ने भएको छ । धरानका मेयर तिलक राईले जोखिम बढ्न नदिन योजना बनाउनका लागि बैठक बस्ने तयारी भएको बताए ।

प्रतिकृया दिनुहोस्