Saturday, November 28

कोरोनाबाट मृत्यु भएकालाई सदगति दिनका लागि जमीन पाउन मुस्किल

July 30, 2020 146

वीरगन्जमा कोरोनाबाट मृत्यु भएलाई सदगति दिनका लागि जमीन पाउन मुस्किल भएको छ। बुधवार बिहान कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुई जनाको शव बिहीवार साँझसमम पनि  अस्पतालमै छ।

शव ब्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले यसअघि मृतकको सदगति गर्ने क्रममा स्थानीय जनताको तर्फबाट बिरोध खेप्नु परेको थियो। शव जलाउने ठाउँका मान्छेमा जोखिम हुन्छ भन्दै स्थानीयमा त्रास देखिएको छ। जसले गर्दा आफ्नो ठाउँमा कोरोना संक्रमितको सदगतिको लागि शव ल्याउन हुदैन भन्दै बिरोध जनाएका छन्।  आगोमा शव जलाएपछि वा खास गहिराईमा गाडेपछि त्यसबाट संक्रमण फैलिदैन भन्ने चेतना फैलाउने काममा कुनै पक्ष सक्रिय देखिदैन। राजनीतिक दलका नेताहरुलाई ‘भोट बैंक’को चिन्ता छ। कोही पनि अघि सरेर जनताको चित्त बुझउन तयार देखिदैन। जनप्रतिनिधिले यस समस्याको समाधनमा भूमिका खासै देखिदैन।

केहि समयअघि भेडाह खोलामा शव शद्गत गर्न खोज्दा बेल्वाका स्थानीयले अवरोध सिर्जना र नाराबाजी नै गरे। त्यसपछि तिलावे नदीमा गर्दा त्यही कुरा पुनराबृति भयो। अवरोधको सामना गर्दै आएको नेपाली सेनाले आदर्शनगरका ब्यपारीको शव मध्यरातमा शंकराचार्य प्रवेशद्वारा नजिक सिर्सियाको छेउमा लगेर शद्गत गर्नु पर्यो। दिउँसो गर्दा दशगजा नजिकै भएकोले सिमापारीबाट बिरोध हुनेगर्छ। यसअघि वीरगन्जमा घण्टाघर नजिक फेला परेको पुरुषको एक बेवारिसे शवमा संक्रमण पुष्टि भएपछि शंकराचार्य प्रवेशद्वार नजिक सदगति गर्दा रक्सोलका स्थानीयले आपत्ति जनाएका थिए।

स्थानीय स्तरमा जनताले बिरोध गरेपछि शव ब्यवस्थापन गर्दै आएको नेपाली सेना समेत अन्यौलमा परेको छ। ‘जहाँ लग्यो त्यँहीका स्थानीयले बिरोध जनाएपछि सदगति गर्ने टोली अलमलमा परेको हो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘आजसाँझ यि दुबै शवको सदगति हुन्छ, टोलीले आफ्नो काम गर्ने छ।’ ठूलो समस्या हुने गरेको उनले बताए। मुख्यमन्त्रीको लालबाबु राउत गद्दीको गृहनगरमा देखिएको यो समस्या समाधानका लागि मंगलवार वीरगन्जमा भएको एउटा उच्चस्तरीय बैठकमा उनकै उपस्थितिमा यस बिषयमा ब्यपक छलफल भयो। तर, ठोस निश्कर्ष भने ँ निस्किएन। प्रदेश सरकाको अधिकार क्षेत्रभित्र रहेको राष्ट्रिय बन क्षेत्रको खाली ठाउँ यसको लागि छुट्याउने प्रस्तावमा मुख्यमन्त्रीको लालबाबु राउतको ठोस जवाफ नआएको सहभागीले बताए।

त्यसको अर्को दिन बुधवार कोरोनाका कारण मृत्यु भएको शव उठाउन र सदगति गर्न अन्यौलता देखियो। बीरगन्जको रेशमकोठीका एक जना ६८ वर्षीय पुरुषको उपचारको क्रममा गण्डक अस्थायी कोभिड अस्पतालमा बुधवार निधन भएको थियो। माइस्थान घर भएका अर्का एक जना बृद्धको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा सोही दिन बुधवार बिहान निधन भएको थियो। साँझ आएको पिसिआर रिपोर्टमा उनकोमा पनि कोरोना पोजेटिभ देखियो।

दुबै जनाको शव बिहीवार साँझ ४ बजेसम्म अस्पतालमै रहेको छ। अलपत्र परेको शव ब्यवस्थापन नहुदा गण्डक अस्पतालको आकस्मिक कक्षमा अन्य बिरामीको चेकजाँच हुन सकेन। अस्पतालका डाक्टर निरज सिंहले शव राख्ने ‘मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर’ (फ्रिजर) को ब्यवस्था गर्नको लागि सुझाव गरेका थिए। ‘मरच्यूरी क्याबिनेट भएको भए शव ब्यवस्थापनमा एक दुई दिन अलमल हुँदा समेत फरक पर्दैनथ्यो,’ डा. सिंहले भने, ‘त्यो नहुँदा समस्या देखिएको छ। दुईटा क्यावनेट पनि ल्याउन सक्ने हो भने पनि एउटा कोरोना संक्रमितको र अर्को सामान्य मृतकको शव राख्नको लागि प्रयोग गर्न सकिन्थ्यो।’ आकस्मिक कक्षहरु शवको कारण अल्झाई राख्नुभन्दा उपचारको लागि प्रयोगमा ल्याउनु नै उत्तम हो भनी उनको भनाई छ

Source Nagariknews online

प्रतिकृया दिनुहोस्