Wednesday, October 28

काठमाडौं जिल्लामा ४१ भक्तपुर र ललितपुरका २÷२ जना कोरोना संक्रमित,

July 30, 2020 119

काठमाडौं उपत्यकामा पनि दैनिक कोरोना संक्रमित थपिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४५ जनालाई कोरोना संक्रमण भएको हो । तीमध्ये काठमाडौं जिल्लाका मात्रै ४१ जना छन् भने भक्तपुर र ललितपुरका २÷२ जना छन् ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएअनुसार काठमाडौंमा थपिएका ४१ संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १९, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १३, शिक्षण अस्पतालबाट ४ नेपाल प्रहरी अस्पतालबाट ३ र स्टार अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट भक्तपुरका २ र स्टार अस्पतालमा गरिएको परीक्षणबाट ललितपुरका २ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

Source Nagariknews online

प्रतिकृया दिनुहोस्