शनिबार १८ मंसिर २०७८

यतिबेला टिकटक यस्तो ठाउँ बनेको छ, जहाँबाट आफ्नो प्रतिभाहरु देखाउन युवा जमातलाई निकै सजिलो भएको छ । आफ्नो कला देखाएर फ्यान कमाउने मात्रै हैन, चर्चामा आई नाम र दाम कमाउने समेत भैसक्यो, टिकटक स्थल । यतिबेला धेरै नेपाली युवती मोडलहरु टिकटकबाटै प्रवेश गरी साँगीतिक क्षेत्रमा निकै व्यस्त छन् र धेरै कलाकारहरु बनिसकेका छन् ।

यसैबिच टिकटकमा दोहोरो चरित्र देखाउँदै भिडियो बनाएर पर्साका आदित्य लामा चर्चामा छन् । आदित्य टिकटकमा आधा केटा र आधा केटीको रुपमा प्रस्तुत हुन्छन् । उनी आफ्नो मुखमा आधा आधा मेकअप गरेर केटा केटी बन्छन् । ९ महिनाअघि उनले टिकटक खोलेका हुन् र हालसम्म उनको एक लाख असी हजार भन्दा माथि फलोअर्स भैसकेका छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा आदित्यले आफ्नो वास्तविकता खोले । भिडियो हेर्नुस

aajakosandesh

३२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया