Thursday, October 29

तरकारी बोकेको कन्टेनर त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ

July 30, 2020 168

काठमाडौं । तरकारी बोकेको कन्टेनर त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको मालबाहक कन्टेनर बिहीबार विहान इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकबाट त्रिशूलीमा खसेर वेपत्ता भएको हो ।

तरकारी बोकेको ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । कन्टेनरका चालक भने समान्य घाइते भई स्थानीय अस्पतालमा उपचाररत रहेका छन् ।

उक्त तरकारी भाटभटेनी सुपरमार्केटको भएको जनाइएको छ । बेपत्ता कन्टेनरलाई प्रहरीले खोजीरहेको छ ।

प्रतिकृया दिनुहोस्