Sunday, October 25

काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई बिरामीलाई कोरोना पुष्टि

July 30, 2020 161

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई जना बिरामीलाई कोरोना भाइरस रोग (कोभिड – १९) पुष्टि भएको छ । बुधबार काठमाडौंमा कोरोना पुष्टि भएका १४ जनामध्ये २ जना गंगालाल अस्पतालमा उपचाररत बिरामी रहेकाे अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक जना काठमाडौं र अर्का जनकपुरबाट आएको बिरामी रहेका छन् । पूर्ण सावधानी र सतर्कताका अपनाइएकाले सेवा बन्द नहुने उहाँले बताउनुभयो। सबैलाई ढुक्क भएर आफ्नो स्वास्थ्य उपचारका लागि आउन उहाँले आग्रह गर्नुभयो । अस्पतालमा यसअघि पनि बिरामीमा कोरोना संक्रमण भएको थियो ।

प्रतिकृया दिनुहोस्