Sunday, October 25

चीनले कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा पहिला नेपाल लगायत छिमेकीलाई सहयोग गर्ने

July 30, 2020 115

पछिल्लो समय कोरोना महामारीविरुद्धको औषधी पत्ता लगाउन विश्वरभरका देशहरु लागिपरेका छन् ।

यसैबीच, उत्तरको छिमकेी देश चीनले कोरोनाविरुद्धको खोपको सफल परीक्षण भएको भन्दै धमाधम तयार भइरहेको बताएको छ । नेपाललाई समेत उसले खुसीको खबर पठाएको छ ।

चीनले कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा पहिला नेपाल लगायत छिमेकीलाई सहयोग गर्ने बताएको हो ।

छिमेकी देशहरुलाई सहयोग गर्ने चीनले बताएको छ । चिनियाँ बिदेशमन्त्री वाङ यीले कोरोनासँग जुध्न नेपालसँग पनि निकट सहकार्य भइरहेको बताएका छन् ।

चीनले कोरोना नियन्त्रण गर्न सफल भएको अनुभव छिमेकी देशहरुलाई बाड्न समेत चाहेको बताए ।

कोरोनाविरुद्धको लडाइँमा छिमिकीहरुलाई सहयोग गर्ने बचन दिएका वाङ यीले खोप बन्ने बित्तिकै नेपालसहित छिमेकी देशहरुमा आफै पुर्याइदिने बताए ।

चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै विदेशमन्त्री वाङ यीले नेपाल लगायत पाकिस्तान र अफगानिस्तानलाई पनि पहिलो चरणमै कोरोनाको खोप पुर्याउने बताएका थिए ।

पछिल्लो पटक चीनमा कोरोनाका संक्रमित नभेटिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । केही दिनअघि राजधानी बेइजिङमै कोरोनाका बिरामी भेटिएका थिए ।

चीनले कोरोना संक्रमणलाई ८४ हजारमै नियन्त्रण गरेको थियो । जसमध्ये ७८ हजार ९४४ निको भएर घर फर्किएका थिए भने ४ हजार ६३४ ले ज्यान गुमाएका थिए ।

अहिले चीनमा ४ सय ८२ जनाले उपचार गरिरहेका छन् ।

यसैबीच विश्वभर १ करोड ६८ लाख ८२ हजार चार सय ११ जानमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । संक्रमितमध्ये विश्वभरमा हालसम्म ६ लाख ६२ हजार ४१९ ज्यान गुमाएका छन् ।

त्यसैगरी संक्रमितमध्ये करिब करिब १ करोड,४ लाख व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरजिम्मेवारीपनकै कारण कोरोना बढेको बताइएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ । तेस्रो स्थानमा छिमेकी भारत रहेको छ ।

यता भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा सोमबार भने कम संक्रमित भेटिएका थिए । तर बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

बुधबार ५२ हजार २६३ जना संक्रमित भएका छन् । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १५ लाख ८४ हजार ३८४ जना पुगेका छन् । मृतक ३५ हजार ३ पुगेका छन् । बुधबार ७७५ जनाको ज्यान गएको छ । मंगलबार ७७० जनाको ज्यान गएको थियो । सोमबार ६३६ तथा आइतबार ७०४ जनाको ज्यान गएको थियो ।

हाल ५ लाख २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार ३२ हजार ८२९ जनालाई निको भएको छ । मंगलबार ३५ हजार ६७१ जनालाई निको भएको थियो ।

यो अहिलेसम्मकै बढी हो । सोमबार ३४ हजार ४४४ जनालाई निको भएको थियो । आइतबार ३१ हजार ५०२ लाई निको भएको थियो । हालसम्म १० लाख २१ हजार ६११ जनालाई निको भइसकेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया दिनुहोस्