शुक्रबार २२ साउन २०७८

एजेन्सी । भाग्य बलियो भयो भने कसैले पनि रोक्न सक्दैन । आज सडकमा भएको ब्यक्ति भोली महलमा पुग्न सक्छ । यस्तै भनाई एक सडक मजदुरको जिवनमा आइपरेको छ । अघिल्लो दिन सम्म सडक मजदुर रहेका एक ब्यक्ति भोलीपल्टै ८० लाख रुपैयाको मालिक भएका छन् । जब एक व्यक्तिको भाग्य को एक बन्द लक खुल्छ, उसले चारै तिरबाट राम्रो खबर सुन्न थाल्छ।

केवल एक कागजको टुक्राका कारण एक ब्यक्ति एकैपटक लखपती भएका छन् । कागजको टुक्राले यि ब्यक्तिको भाग्य बदलिएको हो । यो घटना भारतको केरलामा भएको हो । ४० रुपैयाको पर्चावाट उनी एकै पटक ८० लाख रुपैयाको मालिक भएका छन् ।

केरला सरकारले साप्ताहिक रुपमा करुण्य प्लस लॉटरी सार्वजनिक गर्छ । जसवाट पश्चिम बंगालका मजदुर प्रतिभा मंडलले उनको नाममा ८० लाख रुपैयाँ इनाम पाए । प्रतिभा एक आप्रवासी मजदुर हुन् र निर्माण कार्यका लागि तिरुवनन्तपुरम पुगेका थिए । उनको आर्थिक अवस्था निकै नाजुक थियो । उनले जब चिट्ठाको बारेमा थाहा पाए ४० रुपैया तिरेर टिकट किने ।

विजेताहरूको नाम घोषणा हुने बित्तिकै तिनी अचम्मित भए। विजेता बने पछि, उनको अनुहारमा पनि खुशी थियो एक प्रकारको डर पनि थियो । किनभने उनीसँग यति ठूलो रकम राख्नको लागि कुनै बैंक खाता थिएन। एक्लै आफु बसेको ठाउँमा त्यती धेरै पैसा कसरी लैजाने ?

उनले प्रहरीको सहायता मागे । आफुले त्यो पैसा कसरी प्राप्त गरेँ भन्ने कुरा प्रहरीलाई बताएर सुरक्षा मागे । प्रहरीले उनको कुरा सुनेर उनलाई सुरक्षित रुपमा उनी बस्ने ठाउँमा लिएर गयो । त्यती मात्र होइन उनको नाउँमा बैंक खाता पनि खोलिदियो र पैसा जम्मा गरिदिए ।

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया