शुक्रबार २२ साउन २०७८

बुटवल । रुपन्देहीको मोतिपुरमा आफुमाथि ढुंगा प्रहार भएपछि अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आएर पत्रकार सम्मेलनको आयोजना गरेको छन् ।

ad
उताबाट ज्यान बचाएर भागेको अर्थमन्त्री पौडेलले आफुहरुमाथि भएको घटनाको निन्दा गरेका छन् । उनले पर्दा पछाडीबाट औद्योगिक बिकास रोक्ने चेष्ठा भएको बताउँदै कुनैपनि विकासका कार्यक्रमहरुलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

अर्थमन्त्री पोडेलले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा औद्योगिक व्यवस्थापन लिमिटेडकानाममा रहेको बताउँदै विकासका काममा बाधा पुर्याउने ब्यक्तिहरुलाई बाहिर ल्याउन आग्रह गरेका छन् ।

बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकारले औद्योगिक बिकासको योजना शुरु गरेको बताउँदै यसमा सबैको समन्वय हुनु आवश्यक रहेको बताए । उनले रुपन्देहीको मोतिपुरमा आउँदा ठेस लागेपनि यो कार्यले निरन्तरता पाउने बताए । उनले यो क्षेत्र जसरी पनि बन्ने दाबी समेत गरे ।

औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिसोर बस्नेतले शुक्रबारको प्रदर्शनमा पूर्व कृषिमन्त्री तथा सांसद घनश्याम भुसालको हात रहेको आरोप लगाएका छन् । उनले कार्यक्रम रोक्नको लागि गएराती पनि आफुलाई फोन गरेर चेतवानी दिएको बताउँदै पूर्वमन्त्री भुसालको नेतृत्वमा यो काम भएको उनको भनाई छ ।

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया