शनिबार १६ साउन २०७८

काठमाडौं, जेठ १४ । बुटवल-१०, कालिकानगरमा नाै दिनभित्र काे”राेनाका कारण एकै परिवारका तीन जनाकाे नि”धन भएको छ । यीमध्ये एक जनाको हाेम आइसोलेसनमा र दुई जनाकाे उपचारका क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा नि”धन भएको उनीहरूका आफन्तले बताएका छन् ।

नि”धन हुनेमा पूर्वजनप्रतिनिधि नरबहादुर गुरुङ, उनकी श्रीमती मनसुवा र छोरा प्रेम छन् ।

संक्र”मित भई घरमै बसेकी मनसुवा नाै दिनअघि ५ जेठमा बितेकी थिइन् । वडा नम्बर १० का वडा अध्यक्ष पदम थापाका अनुसार २ जेठमा मनसुवाकाे को”रोना रिपाेर्ट पोजिटिभ देखिएकाे थियाे । ‘श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजनको व्यवस्थापन मिलाइएकाे थियाे । तर, ५ गते उहाँ बित्नुभयाे’, वडाअध्यक्ष थापाले भने ।

घरमा श्रीमतीलाई को”रोना पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमकाे को”रोना परीक्षण गर्दा दुवै जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे थियाे । सास फेर्न गाह्राे हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा नि”धन भयाे । नरबहादुर गुरुङले हिजो राति अस्पतालमा अन्तिम सास लिएका वडा अध्यक्ष थापाले बताए ।

यस्तै उनीहरूको नि”धन भएपनि बुहारी (३२) अहिले उपचारकै क्रममा अस्पतालमा छिन् । उनलाई परिवारका सदस्यको मृ”त्युको खबर समेत दिएका छैनन् । मृ”तकका आफन्त जेवी गुरुङले को”भिडले परिवार नै उजाड बनाएको बताए । ‘हाम्रो परिवार को”भिडले उजाड बनायो, यसलाई कसैले कमजोरीका रूपमा कसैले नलिऔं,’ उनले भने ।

गुरुङका दुई छोरी र एक छोरा हुन् । छोराको को”भिडका कारण ज्‍यान गइसकेको छ भने एक जना सानो नाति छन् । बाँकी दुई छोरी भने सकुसल रहेको आफन्‍तले बताए ।

hellotikapur

९१० पटक हेरिएको

तपाईको प्रतिक्रिया