Wednesday, January 20

बैतडीमा कोरोना संक्रमण थप दुईजनामा पुष्टि संक्रमितको संख्या ३ सय ९ पुग्यो

July 30, 2020 160

बैतडी : बैतडीमा बुधबार  कोरोना संक्रमण थप दुईजनामा पुष्टि  भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ का ३१ वर्षीय पुरुष र पाटन नगरपालिका ९ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

कोरोना पुष्टि भएका दुवै जना भारतबाट फर्केका र क्वारेन्टाइनमा बसिरहेका महराले जानकारी दिए। संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ।
योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको छ। जिल्लाका सबै स्थानीय तहमध्ये सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्।

यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७ जना संक्रमित छन्। यस्तै सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका २३, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ।

Source annapurna online

प्रतिकृया दिनुहोस्