Sunday, November 29

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित गर्ने राष्ट्रिय सभाको सदस्यमा हिमानी शाहलाई प्रस्ताब …!

July 30, 2020 543

काठमाडौं । राष्ट्रिय सभाको रिक्त एक सदस्यमा केही समयअघिबाट शाही परिवारकी हिमानी शाहलाई मनोनित गर्न लबिङ् हुन थालेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित गरिने राष्ट्रिय सभाको उक्त कोटामा समाज सेवामार्फत मुलुकलाई योगदान गरेको आधारमा पूर्वयुवराज्ञी शाहलाई मनोनित गर्न लबिङ भइरहेको स्रोतले बताएको छ । यसमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको स्रोतले उल्लेख गरेको छ ।

सुरुमा सरकारका तर्फबाटै यस्तो प्रस्ताब गएको स्रोतको दाबी छ । ‘हिमानीले के गर्छिन भन्ने उनको स्वतन्त्रताको कुरा भयो । तर उनले स्वीकृति दिइन भने राष्ट्रिय सभाको सदस्य बन्ने संभाबना प्रबल छ ।’ स्रोत भन्छ । मुलुकमा आज पनि राजसंस्थाप्रति भक्तिभाब देखाउने जनमत निकै ठूलो छ । राजसंस्थाको अन्त्यपछि यो जनमत असंगठित छ ।

राजाबादी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी बिभाजन हुदै छिन्न–भिन्नको अबस्थामा पुगेको छ । यस्तो अबस्थाको उक्त पार्टीले राजसंस्था समर्थित जनमतको कदर गर्न सकिरहेको छैन । समय–समयमा बिभिन्न बहानामा देखा पर्ने अभियानहरुमा यो जनमत प्रकट हुने गरेको छ । यही जनमतलाई संगठित गर्न ओली लालयित स्रोतले जनाएको छ । -sudursamaj

प्रतिकृया दिनुहोस्