बुधबार २० साउन २०७८

काठमाडौं । रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट पैदलयात्री ३८ वर्षीय दयाराम मल्लाह सहनीको ज्यान गएको हो ।

शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको ज्यान गएको हो । प्रहरीका अनुसार सहनीको उपचारको लागि भीम अस्पताल भैरहवा तर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

news18nepal

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया