शुक्रबार १५ साउन २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बैठकमा उपस्थित सबै सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका हुन् ।

शनिबारको बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा अनुपस्थित थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ ।

यसअघि प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो । उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ । फागुन २३ गते आइतबार अर्थात् भोलि संसद बैठक बस्दैछ ।

news18nepal

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया