शनिबार १८ मंसिर २०७८

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा महान श्रीमान बिनोद खडका उनकी श्रीमती अनिता खडकाको जिबन कहानीमा आधारित गित ‘ठग्यो जिन्दगीले’ सार्वजनिक भए संगै युटुव ट्रेडिगको पहिलो स्थानमा छ |

केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने ।

हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनकहानी गित लिएर आएका छौ । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ |

लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ । सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ ।

जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ । यसैगरि आकर्षक फ्रेममा खिचेका छन राजेश घिमिरेले जस्लाई बुटवल गुल्मी र पाल्पामा खिचिएको थियो ।

जस्मा बिनोद भण्डारीको निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्पदान भने मनोज कार्कीले गरेका छन भने यो गितमा सम्पुर्ण लगानी सबिन क्षेत्रीको रहेको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया