बुधबार ०९ आषाढ २०७८

पाटन दरबारक्षेत्रबाट ३१ बर्षअघि चोरेर अमेरीका पुर्याइएको लक्षमीनारायणको एक मूर्ति फिर्ता ल्याउन नेपाल सफल भएको छ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको हो ।

एकतीस वर्षदेखि टे क्स स राज्यको डा ला स सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो एफबिआई र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त मूर्ति नेपालले पुन फिर्ता पाउन सफल भएको हो । उक्त मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकामा अमेरिकाले प्रसन्नता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को को मापदण्डअनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न उक्त मूर्ति नेपाल पठाइने अमेरीकास्थित नेपाली दूतावासले जनाएको छ । तस्वीर: सामाजिक सञ्जाल

१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया