बिहिबार ३० बैशाख २०७८

नेपाली चेली मुस्कान खातुनलाई ते जा ब आ क्र म ण विरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको छ ।

उनलाई अमेरीकी सरकारले उक्त पुरस्कार दिने निर्णय गरेको हो । उनलाई यो पुरस्कार दिने निर्णय भएपछि मुस्कानलाई बधाईको ओइरो लागेको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गरी खातुनले उनीमाथि परेको घटनाको अ स ह्य पी डा लाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी हुन् ।

मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले दिने एउटा प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन् ।

यो पुरस्कार मैले पाएँ भनेर मैले दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ र यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु, खातुनले बीबीसी न्यूज नेपालीसँग भनिन् ।

खातुनलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् अमेरिकी प्रथम महिलाले प्रदान गर्नेछिन् ।

यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन् । खातुनले मलालाले पनि यो पुरस्कार पहिला पाएकी थिइन् भन्ने कुराले आफूलाई थप खुसी तुल्याएको बताइन् ।

मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो । मैले जस्तै अन्य महिलाले पी डा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु । उनले भनिन् ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम प्रस्ताव अस्वीकार गरेकोमा उनीमाथि यस्तो घटना भएको थियो ।

त्यसपछि खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन् । शब्द/तस्वीर – बीबीसी नेपाली सेवा

 

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया