बुधबार २० साउन २०७८

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई कुहिएको अण्डासँग तुलना गरेका छन् । ओली कम्युनिष्ट पार्टीभित्रको कुहिएको अण्डा भएको प्रचण्डको विश्लेषण छ ।

उनले परिसडाँडामा आयोजित पार्टी समायोजन कार्यक्रममा भने, ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो ।’

विप्लवसँग असन्तुष्ट कार्यकर्ताहरूलाई उनले पार्टी प्रवेश गराएका छन् । सोही अवसरमा प्रचण्डले कुहिएको बिग्रेका कम्युनिष्ट आन्दोलनहरूको बारेमा माउत्सेतुङले गरेको व्याख्या विश्लेषण सम्झाए।

‘एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो। अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ दाहालले भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’

१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया