July 30, 2020 138
बसन्त लिम्बू
ताप्लेजुङ, १० साउन । चौतारीमा २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथिभरा याङवरक गाउँपालिका वडा नं ३ का २० बर्षीय बिमल कङ्लिवा रहेका छन् ।
उनले गत असार १३ गते राति करिब ८ बजे स्थानीय २० बर्षीया महिलालाई जबरजस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको थियो । सोही जाहेरीका आधारमा ती युवकलाई बिहीबार पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी मेहन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका युवकलाई जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताउनुभयो ।
news24
प्रतिकृया दिनुहोस्