मिर्जापुर । भारत उत्तर प्रदेशका एक व्यक्तिको पाइन्टमा विषालु सर्प छिरेपछि उनी ७ घण्टासम्म एक खम्बालाई समाती हलचल नगरी उभिएरै बसे । सर्पले टोक्ला भन्ने डरले ती व्यक्ति राती १२ बजेदेखि बिहान ७ बजेसम्म खम्बामा समातेर उभिएको देखेपछि उनका साथीहरु छक्क परे ।
यो घटना उत्तर प्रदेशको मिर्जापुर जिल्लाको सिकंदरपुर गाउँको हो । पीडित जमालपुर थाना क्षेत्र अन्तर्गत सिकन्दर गाउँमा बिजुली विभागमा काम गर्ने मजदुर हुन् । उनी बिजुलीको खम्बामा तार लगाउने काम गर्दथे ।
घटना यस्तो थियो
सबै मजदुर खाना खाएर सुत्न गए । निदाएको बेला उनीहरुमध्ये एक मजदुरको सर्टबाट विषालु सर्प छिर्दै पाइन्टसम्म पुग्यो । जब ती मजदुरले आफ्नो शरीरमा सर्प छिरेको पत्तो पाए उनी चुपचाप ७ घण्टासम्म खम्बा समातेर उभिए ।
डरले उनीहरुले आफ्ना साथीहरुलाई समेत भनेनन् । ७ घण्टासम्म त्यो सर्प उनको पाइन्टमा नै बसिरह्यो । जब बिहान भयो उनका साथीहरु खम्बा समातेर बसेको देखेपछि अचम्मित भए र उनीहरुले स्थानीयलाई बोलाए। स्थानीयले एक सर्पको हेरचाह गर्ने व्यक्तिलाई बोलाई पाइन्टबाट सर्प निकाले र ती मजदुरको ज्यान जोगियो । ७ घण्टासम्म सर्प पाइन्टभित्र हुँदा पनि मजदुरलाई टोकेन । आजतकबाट
प्रतिकृया दिनुहोस्