
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले कम्युनिष्ट विचार बोक्ने मान्छेहरु पनि प्रतिगमनको बाटोमा लाग्दा रहेछन् भन्ने नकारात्मक उदाहरण दिएको बताएका छन्।
शनिबार राजधानीमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
उनले भने, ‘कम्युनिष्ट विचार बोक्ने मान्छेहरु पनि प्रतिगमनको बाटोमा लाग्दा रहेछन् भन्ने उहाँले एउटा नकारात्मक उदाहरण दिनुभयो।’
ओली जनताका सामु व्यक्त गरेका प्रतिवद्धताहरु बिर्सेर प्रतिगमनको बाटोमा हिँडेको नेपालको भनाइ छ।
उनले भने, ‘यही पार्टीको अध्यक्षको पदमा रहेका व्यक्ति, यही पार्टीको तर्फबाट प्रधानमन्त्री बन्न पुगेका व्यक्ति केपी ओलीले बाटो बिराएर प्रतिगमनको कदम चालेर हामी आफैले बनाएको संविधानलाई मृत अवस्थामा घाइते अवस्थामा पुर्याएर प्रतिगामी काम गर्नुभयो।’
तर सर्वोच्चको फैसलाले सत्य, न्याय र जनताको जित हुँदो रहेछ भन्ने प्रमाणित भएको उनले बताए।
सर्वोच्चको फैसलाबाट पराजित भइसकेपछि पनि ओलीले अटेर गरी पदमा टाँसिएको देखर सारा दुनियाँ चकित परेको उनले टिप्पणी गरे।
deshsanchar