सोमबार ०८ कार्तिक २०७८

काठमाडौं

नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डको ड्युटीमा ख टिएका स्वास्थ्यकर्मीमाथि हा’तपा’त गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमाले नेता मानबहादुर रावत, भरत र लोकराज रावत छन्। अस्पतालका कर्मचारीका अनुसार उनीहरुले संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शंकर पोखरेलको नाम लिँदै आफूहरु पावरमा भएको भन्दै चिकित्सक र नर्समाथि यस्तो गरेका थिए। स्वास्थ्यकर्मीहरुलाई ज्या नै लिने प्र यास गर्नखोज्दा ज्या न जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट कु’देका थिए छन् ।

कोभिड आइसियुमा ख टिएका नर्सहरुले पनि दाङबाट उक्त बिरामी आइसियुमा भर्ना गरेदेखि नै आफ्न्तले हामीसँग प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको पावर छ, हाम्रो बिरामीलाई केही भए राम्रो हुँदैन भन्दै हरेक समय मा नसिक ‘ट’र्चर’ गरेको बताएका छन्। हेल्थ पोस्टनेपालका अनुसार, मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्।

उनी ओली निकट मानिन्छन् र गृह जिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन्। रावत यसअघि सरकारी कर्मचारी पनि थिए। छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए। सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए।

पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए। अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि कर णी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई त्यहाँ कु ‘ट’पि ट पनि गरेका थिए। त्यसपछि रावतमाथि कर णी रोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ पनि दियो।

स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई हो’च्या’उने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि नराम्रो व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए। त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए। त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए।

khabar.enewsnepali

१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया