Tuesday, December 1

बाँदरमा प्रयोग गरेको खोपबाट मोडर्ना कम्पनीले पायो सफलता !

July 29, 2020 185

एजेन्सी, १४ साउन। अमेरिकी बायोटेक कम्पनी मोडर्नाले बादरमा प्रयोग गरिएको कोरोना भाइरसको खोपले सफलता पाएको जनाएको छ । मोडर्नाका अनुसार खोपले फोक्सो र नाक संक्रमणबाट बचाउँछ ।कम्पनीले सोमबार मानवमा परीक्षण पनि गरेको बताइएको छ । जसमा ३० हजार स्वयम्सेवक सहभागी थिए । अमेरिकी सरकारले एक विशेष कार्यक्रममा उक्त कम्पनीलाई एक अरब अमेरिकी डलर दिएको थियो ।

आपरेशन वार्प स्पीड नामक कार्यक्रम अन्तर्गत कोरोना भाइरसको खोप बनाउन थुप्रै प्रयास भइरहेको छ। news24

प्रतिकृया दिनुहोस्