बिहिबार ११ कार्तिक २०७८

अब अनलाइनबाटै अस्पतालमा बेड, आइसियू, भेन्टिलेटर खाली भए,नभएको

अब अनलाइनबाटै अस्पतालमा बेड, आइसियू, भेन्टिलेटर खाली भए,नभएको जानकारी पाउन सकिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटमै अस्पतालको विस्तृत विवरण राखेको हो।

कुन अस्पतालमा बेड, आइसियू र भेन्टिलेटर खाली भएको वा नभएको जानकारी दिनेगरी विवरण राखिएको हो।

देशभरका अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पताल, आइसोलेसन सेन्टरको विवरण बेवसाइटमा राखिएको छ। त्यस्तै प्रदेश अनुसार तथा जिल्लामा रहेका कोभिड–१९ डेलिकेडेड अस्पतालको विवरण समेत बेवसाइटमा राखिएको छ।

जहाँबाट प्रदेश र जिल्ला अनुसार कुन अस्पतालमा बेड आइसीयु खाली भएको वा नभएको जानकारी लिन पनि सकिनेछ। त्यहाँको गुगल म्यापमार्फत लोकेसन पनि राखिएको छ।

अस्पताल छनोट गरेपछि सो अस्पतालको क्षमता कति छ र खाली कति छ भन्ने डेटा देखाउँछ। अस्पतालको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ। साथै डिटेलमा क्लिक गरेर लोकेसन र फोन नम्बर समेत पाउन सकिनेछ।

सरकारले केही समय अगाडि अस्पतालको विवरण अनलाइन प्रणालीमा राख्ने निर्णय गरेको थियो। सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल, बेड, आईसीयू र भेन्टिलेटरको विवरण राखेको हो।

आजसम्म देशभरका ६५ वटा अस्पताल तथा आइसोलेसन सेन्टरको विवरण अनलाइनमा राखिएको छ। थप अस्पतालको विवरण पनि राख्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। देशभरी सरकारी तथा निजी अस्पतालहरूमा कोभिड–१९ उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा छन्। निजी क्षेत्रका ४५ अस्पतालहरूसँग सम्झौता गरी उपचार थालिएको छ। जुन अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ।

भएको छ।

१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया