Saturday, November 28

BREAKING NEWS : ललितपुर महानगरपालिकाले हटाउन थाल्यो म’दिराका होर्डिङ बोर्ड !

September 25, 2020 131

ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका मदिराका विज्ञापनको होर्डिङ बोर्ड हटाउने काम सुरू गरेको छ।

महानगरपालिकाले बैठक गरी शुक्रबारबाट आफ्नो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको हो ।ललितपुर महानगरपालिकाका नगरी प्रहरी प्रमुख सिताराम हाछेँथुले मदिराका विज्ञापन गर्न नपाइने बताए ।

‘कानुनविपरीत रहेका सबै मदिराका होर्डिङ बोर्डहरु हटाइन्छ, त्यो सुरू भएको छ,’ उनले भने। ‘जावलाखेलबाट हटाउने काम सुरू भएको छ, ‘उनले थपे, ‘पुल्चोक, कुपन्डोल, कुमारपाटी, लगनखेल क्षेत्रमा पनि हटाइन्छ।’ !

प्रतिकृया दिनुहोस्