आइतबार ३१ आश्विन २०७८

काठमाडौं : को’रोना सं’क्रमणका कारण गम्भीर बिरामी बनेपछि करिब दुई सातायता नेपाल पुलिस अस्पतालमा उपचाररत पूर्व नायब महानिरीक्षक रमेश खरेलको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पताल प्रशासनले जनाएको छ। उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ।

Yउहाँको फोक्सोमा असर गरिसकेको थियो। त्यसैले अवस्था केही जटिल थियो। तर अहिले क्रमिक सुधार भइरहेको छ’ अस्पताल स्रोतले भन्यो। नेपाल पुलिस अस्पतालमा उपचाररत दुई जना बहालवाला डीएसपीको एक साताको अन्तरमा ज्या’न गइसकेको छ। गत साता राजकुमार केसी र सोमबार समिर खरेलले को’रोना कारण ज्या’न गु’माएका छन्।

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले पनि पूर्व डिआइजी खरेलको अवस्था सुधार भइरहेको बताए। ‘बीचमा निकै क्रिटिकल थियो भन्ने रिपोर्ट प्राप्त भएको थियो। मिनी भेन्टिलेटरमा राखेर उपचार भएको थियो। तर अहिले अवस्था सुधारोन्मुख छ’, एसएसपी कुँवरले भने।

ZKHABAR.COM

यो पनि:

छोरीको नाममा बाबुले लेखेको एउटा मुटु हल्लाउँने अन्तिम पत्र एकपटक अवस्य पढ्नुस्

काठमाडौं । एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन त्यो ११ बर्षिय छोरीले बाबालाई सोध्छे… छोरी : बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ?

बाबाः त्यो आउन धेरै समय बाँकी छ छोरी ।
त्यो छोरी १४ वर्षको उमेरमा हिड्दै गर्दा एक दिन अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ । विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ । डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुन सक्छ ।’

अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ, ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’ बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?’ छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन भनेर ?’ त्यो बाबुले छोरकिो निधारमा मायालु चुम्बन गर्दै मलाई थाहा छ छोरी भन्छ र गहभरी आँसु लिएर त्यहाँबाट बाहिर निस्कन्छ ।

जब उ १५ वर्षकी हुन्छे पुरै सन्चो भएर घर फर्किन्छे । उसले घर आउँना साथ एउटा चिट्ठी पाउँछे । जुन उसकी आन्टीले उसलाई दिन्छिन । त्यो चिट्ठी उसलाई सम्बोधन गरेर उसका बाबुले लेखेको हुन्छ । जहाँ लेखिएको हुन्छ…..

मेरी प्रिय छोरी…
यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु सबै राम्रो भएको छ । जुन मैले तिमीलाई भनेको थिएँ । तिमीलाई याद छ बेटा…एकदिन तिमी मलाई सोधेकी थियौ की “बाबा मेरो १५ औं जन्मदिनमा हजुर मलाई के उपहार दिनुहुन्छ’ भनेर । मलाई त्यो बेला थाहा थिएन तर अहिले को उपहार तिमीलाई मेरो ‘मुटु’ हो । तिमीलाई जन्म दिँदा तिम्रो मामुले हामीलाई छाडेर गएकी थीइन । त्यो त मैले सहेको थिएँ तर तिमी त मेरो मुटु थियौ, मेरो प्राण ! त्यसैले कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्नथेँ । यो पत्र पढेर कहिल्यै दुःखी नहुनु । मेरो मुटुको सधैं राम्रो ख्याल राख्नु है छोरी…..!!!

 

४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया