आइतबार ३१ आश्विन २०७८

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ।

कोभिड–१९ पुष्टि भएसँगै काठमाडौंमा उपचाररत उनको गएराति निधन भएको संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिवबहादुर कोइरालाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

स्वर्गीय कर्माचार्य पोउवा संघको मानार्थ सदस्य तथा सल्लाहकारसमेत हुन्। संघले संचालनमा ल्याएको बालश्रम न्यूनिकरण कार्यक्रमको संयोजकको रुपमा उनले बालश्रम न्यूनिकरणको लागि पनि ठूलो योगदान दिएका थिए।

पोखराको साँघुको मुख (महेन्द्रपुल) निवासी कर्माचार्य बैंकिङ क्षेत्रसँग पनि सम्बन्धित थिए।

यो पनी
भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित

१२ जेठ, काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चक्रावातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको बताएकी छन् । भारत सरकारले यी दुई राज्यमा देखिनसक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो ।

अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि आपतकालीन शिविरमा मास्क वितरण तथा भौतिक दूरी कायम गराउन कठिन हुने र यसले कोरोना संक्रमण फैलाउन सहयोग गर्ने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गत साता भारतमा ताउ ते चक्रवातको असर पश्चिमी राज्यहरुमा देखिएको थियो । उक्त चक्रवातपछि भएको भारी वर्षा र हावाहुरीको कारण कम्तीमा १५५ जनाको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया