Monday, November 23

लक्ष्मी माताका प्रिय हुन्छन् यी महिनामा जन्मिएका महिला, तपाईको कुन महिना ?

September 25, 2020 938

फेब्रुअरी महिना :यो महिनामा जन्मिने महिलाहरु निकै बुद्धिमानी हुने गर्छन् । ग्रह चालको कारण यो महिनामा जन्मिने महिलाहरु विवाहपछि पनि भाग्य निकै चम्कन्छ । त्यसकारण फेब्रुअरी महिनामा जन्मने महिलालाई लक्ष्मीको रुपमा लिने गरिन्छ ।

अप्रिल महिना :यो महिनामा जन्मिने महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । सधै भाग्यले साथ दिने भएकाले उनीहरु प्रगतिको पथमा हुने गर्छन् । विवापछि पनि उनीहरुको कारण पतिलाई शुभ नै शुभ हुनेछ ।

जुन महिना :जुन महिनामा जन्मेका महिलालाई शास्त्रले खासै राम्रो नमानेपनि उनीहरुलाई भाग्यले सधै साथ दिएको हुन्छ । उनीहरु जुझारु र कर्मठ हुने भएकाले मेहनतलाई खेर जान दिँदैनन् । त्यसकारण यो महिनामा जन्मिने महिलालाई भाग्यले सधै साथ दिन्छ ।

सेप्टेम्बर महिना :यो महिनामा जन्मने महिलाहरु मेहनत नगरेपनि सजिलै सफलता पाउन सक्छन् । उनीहरुले विवाहको लागि पनि धनि केटा भेट्छन् ।

प्रतिकृया दिनुहोस्