आइतबार ३१ आश्विन २०७८

काठमाण्डौ

बिरामी भर्ना लिन नसक्ने भन्दै निजी अस्पतालका विज्ञप्ति धमाधम आइरहेका छन् । सरकारी अस्पतालका प्रमुखहरू भन्दैछन्, ‘हाम्रो हेल्थ सिस्टम नै कोल्याप्स भइसक्यो’ ।

डव्ल्यूएचओले अघिल्लै वर्ष भनेको थियो, ‘सन् २०२० भन्दा २०२१ झन् कठिन हुनसक्छ’। संसदमा, हिमालमा ठोक्किएको चिसो हावाको बयान गर्दैमा डव्ल्यूएचओको कुरा सुन्ने फुर्सद भएन ।

महामारीको एक वर्ष, नारा जुलुस र शक्ति प्रदर्शनमा प्रतिस्पर्धा गर्नेहरू अहिले कुर्सीका लागि लड्दैछन् । यो हाम्रो लागि दुर्भाग्य हो । जसलाई भोट दिएर पठायौं, दिनरात नभनि पसिना बगाएको पैसाले तलब खुवाएका छौं, ।

उनीहरुमा थोरै पनि मानवीयता देखिएन । आफ्ना नागरिक बचाउन दिनरात खट्नुपर्नेहरू कहाँ, कुन् सरकार बन्ला र आफूले पद पाउँछु कि पाउदिनँ भन्ने ध्याउन्नमा छन् ।

यो पनि:

हार्दिक बधाई गायक रामकृष्ण ढकालको अगुवाइमा १८ लाख रुपैयाँ महावीर पुनको आ’विष्कार केन्द्रलाई प्रदान
काठमाडौं

गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आ’विष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोनाभाइरस सं’क्रमण महामारीले उतै रोकिनु परेको जानकारी गराउँदै उनले अमेरिकामै संकलन गरेको पहिलो चरणको १५२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली रुपैयाँ) महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता मा वायर मार्फत जम्मा गरिदिएको जानकारी दिएका हुन् ।

को’रोनाभाइरस सं’क्रमणबाट आफ्नो देश नेपाल र आमनागरिक पीडित भएका बेला कसरी सहयोग गर्न सकिन्न भन्ने उद्देश्यका साथ अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरेको जानकारी दिएका हुन् । उनले पनि व्यक्तिगत रुपमा ५ सय अमेरिकी डलर सहयोग गरेका छन् ।

 

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया