Wednesday, November 25

तिम्रो लोग्ने: अर्काकी स्वास्नी फकाउन मिल्ने हामी महिला अर्काको लोग्ने फकाउन किन मिल्दैन…

September 25, 2020 490

तिम्रो लोग्ने: अर्काकी स्वास्नी फकाउन मिल्ने हामी महिला अर्काको लोग्ने फकाउन किन मिल्दैन…

महिलाभित्र देखा पर्ने दमित प्रेम र यौ न लाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा २०६३ कविता संग्रह, अभिषेक २०६६ उपन्यास तथा तिम्रो लोग्ने र म २०७१ गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् ।

कथा संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन् । प्रसिद्ध कथाकार मनु ब्राजाकीको कथा संग्रह ‘तिम्री स्वास्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लोग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँग साप्ताहिकको कुराकानी

मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो:

त्यो कथा मैले आफू किशोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बे’डसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए । लोग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नीमानिसले यस्तो लेख्न सक्लान् ? कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो ।

तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने ? भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें ।

यति विवाद र प्रशंसा होला भन्ने लागेको थियो:

त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनुअघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्वयं मनु ब्राजाकीले ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ । भन्नुभयो ।

लोग्नेमान्छेले अर्काकी स्वास्नी फ’काउन मिल्छ भने स्वास्नीमान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? चर्चामा आउन पुरानै कुरा दोहोर्‍याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु ।

नेपाली समाजमा जति पुरुषहरूले यौनिक स्वतन्त्रताको उपयोग गर्छन् त्यति महिलाहरूले गर्न सक्छन्:

इच्छा त उही हो, चाहे लोग्नेमानिस हुन् वा स्वास्नीमानिस । यौ’निक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनीहरूलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई पनि केही दिन भाडामा लिएको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौ न क’र्म पनि गरिरहेका पाइन्छन् ।

यो वर्ग सानो छ । धेरैजसो महिला आर्थिक रूपमा परनिर्भर छन् त्यसको असर उनीहरूको यौ’निक स्वतन्त्रतामा पनि परेको छ । उनीहरू लोग्नेमानिसको इच्छा र इसारामा यौ न कर्म गर्नुपर्ने बाध्यतामा छन् । मेरो विचारमा आर्थिक रूपमा सक्षम नहुन्जेल महिलाहरूको यौ’निक स्वतन्त्रता कुण्ठित नै हुन्छ ।

तपाईंको कलम विशेष गरी युवावर्गको यौ न र प्रेम वरपर नै घुम्ने गरेको छ, किन किनभने म पनि त्यहीं वरपर छु । आफू जहाँ उभिएको हुन्छ, लेखकले त्यही लेख्ने हो । म फेन्टासी प्रेम र यौ न कथा पढ्न रुचाउँछु तर लेख्दा यथार्थ नै लेख्छु ।

कसरी लेखक हुनुभयो:

मेरो बुवा चितवन शिखरवास आफैंमा त्यो बेलाको प्रसिद्ध कवि हुनुहुन्थ्यो । उहाँका पाँचवटा पुस्तक प्रकाशित छन् । उहाँ राजा महेन्द्रको हातबाट स्वर्ण पदक र भारतीय दूतावासबाट पुरस्कृत हुनुभएको थियो । उहाँ हिन्दीमा धेरै लेख्ने भएकाले पनि नेपालमा भन्दा भारतमा परिचित हुनुहुन्थ्यो ।

यद्यपि मेरो लेखनमा उहाँको खासै योगदान छैन । बरु जिल्लास्तरीय प्रतियोगिताहरूमा भाग लिँदा म स्वर्ण पदक जित्थेँ, तर मानिसहरू बुवाले लेखिदिनुभएको भनेर मेरो मानमर्दन गर्थें । कान्छो दाजुले भने मेरो लेखनलाई प्रोत्साहित गर्नुभयो ।

लेखनको टर्निङ प्वाइन्टचाहिँ कुन हो:

चितवनबाट भर्खरै काठमाडौं आएकी थिएँ कलेज पढ्न । बालकविता लेखेर पुरस्कार पाए पनि लेखिका हुन सक्छु भन्ने आत्मविश्वास थिएन । त्यति बेला महिला आयोगले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि गराएको थियो ।

त्यसमा मेरो कविताले विशेष पुरस्कार प्राप्त गर्‍यो । त्यतिबेला मेरो दाजुले चिनेजानेका मानिसहरूलाई मिठाई ख्वाउनुभएको थियो । उहाँले तिमी सबैथोक छाडेर लेख्न थाल भनेर हौसला दिनुभयो । उक्त घ’टनापछि म पूर्ण रूपमा लेखनमा आएँ । निरुपा प्रसून, साहित्यकार संग गरिएको कुराकानी साप्ताहिक बाट।

प्रतिकृया दिनुहोस्