बिहिबार ११ कार्तिक २०७८

काठमाडौँ

भारतबाट सिंगापुर जाँदै गरेको एउटा पानीजहाजमा भीषण आगलागी भएको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको ‘एमभी एक्स-प्रेस पर्ल’ मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन ना’इट्रिक ए’सिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो । त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् । आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ ।

श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्डस् र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।

यो पनि:

चर्चित गायक रामकृष्ण ढकालद्वारा १८ लाख रुपैयाँ महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग प्रदान

चर्चित गायक रामकृष्ण ढकालद्वारा १८ लाख रुपैयाँ महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग प्रदान
FacebookTwitterPrintEmailMore
काठमाडौं । गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोनाभाइरस संक्रमण महामारीले उतै रोकिनु परेको जानकारी गराउँदै उनले अमेरिकामै संकलन गरेको पहिलो चरणको १५२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली रुपैयाँ) महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिदिएको जानकारी दिएका हुन् ।

कोरोनाभाइरस संक्रमणबाट आफ्नो देश नेपाल र आमनागरिक पीडित भएका बेला कसरी सहयोग गर्न सकिन्न भन्ने उद्देश्यका साथ अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरेको जानकारी दिएका हुन् । उनले पनि व्यक्तिगत रुपमा ५ सय अमेरिकी डलर सहयोग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रकम दिनेहरुको नाम र प्राप्त रकमको विवरण खुलाएर सार्वजनिक गरेका छन् । साथै उनले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिएका छन् ।

सो रकम प्राप्त भएमा नेपालको सामाजिक क्षेत्रमा काम गरेको संस्थालाई प्रदान गरिने गायक ढकालको भनाइ छ । कोरोनाभाइरस संक्रमणको चपेटामा परेका नेपालीलाई मल्हम लगाउने उद्देश्यले आफूले सहयोगको आह्वान गरेर रकम संकलन गरेको गायक ढकालले बताए । सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरेका छन् ।

 

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया